प्रिमियर नै नगरी `चपली हाइट ३’ सिनेमाघरमा

काठमाडौँ। आज शुक्रवारबाट नेपालका सिनेमाघरहरूमा बहुप्रतिक्षित नेपाली चलचित्र `चपली हाइट ३’ प्रदर्शन भइरहेको छ। अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रलाई मल्टिप्लेसहरुले राम्रो शो उपलब्ध गराएका छन्।चलचित्रको प्रिमियर नै नगरी चलचित्र प्रदर्शनमा गएको हो। सस्पेन्स थ्रीलर विधामा आधारित चलचित्रमा  स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठ आदि कलाकारहरुको अभिनय रहेको छ। अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रूपमा निर्माण गरेको चलचित्रको पहिलो र दोस्रो सिक्वलले दर्शकहरूबाट धेरै माया पाएको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×