काठमाडौँ - प्रिमियर लिगको नयाँ सिजन सुरु हुन अगाडी भएको प्रि-सिजन टुर अन्तर्गतको अन्तिम खेलमा टोटनहम एएस रोमासँग पराजित भएको छ।
पूर्व प्रशिक्षक जोजे मोउरिन्होको टिम रोमासँग टोटनहम १-० ले पराजित भएको हो। योसँगै टोटनहमको प्रि-सिजन टुर हारका साथ सकिएको छ।
रोमाको जितमा रोजेर इबानेजको १ मात्र गोल निर्णाय बन्यो। खेलको पहिलो हाफमा नै रोजेरले हेडर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि सामे अफेर स्टेडियममा कोन्टेको टिम टोटनहम खेलमा फर्कन सकेन।
टोटनहमले खेलको अन्तिममा खेल बराबरी गर्ने राम्रो मौका पाएको थियो। तर हेरी केनले पाएको मौकालाई आत्मसाथ गर्न सकेनन्।
अब टोटनहमले अगष्ट ६ तारिखमा प्रिमियर लिगको पहिलो खेलमा साउथह्याम्टनसँग खेल्नेछ।