एमसीसीबारे छलफल गर्न सत्तागठबन्धनको बैठक बस्दै

काठमाडौँ - एमसीसीका विषयमा सहमति जुटाउन आज १० बजे सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने भएको छ।   

दिउँसो १ बजेको संसद बैठक बस्नुअघि एमसीसीबारे गठबन्धनका दलहरूबीच सहमति जुटाउने प्रयासस्वरूप बैठक बस्न लागेको हो।

शुक्रबार नै एमसीसीका विषयमा गठबन्धनको निर्णायक बैठक हुने भनिए पनि नेकपा एकीकृत  समाजवादीले समय मागेका कारण आजसम्मका लागि स्थगित गरिएको थियो।

शनिबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल हुनपर्ने तर त्यसको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ। माओवादी केन्द्र पनि यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णयमा छ।

यसले प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा पर्दै आइरहेका छन्। आजको बैठकबाट सत्ता गठबन्धन कुनै निर्णयमा पुग्ने बताइएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×