तातोपानी कुण्डमा दैनिक तीन सयभन्दा बढी बिरामी उपचारमा

काठमाडौँ - प्राकृतिक चिकित्सालयको रुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा दैनिक ३००भन्दा बढी बिरामीले डुबेर उपचार गराइरहेका छन्।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम कम भएपछि तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दै जान थालेको हो। कोरोनाको महामारीका कारण यसअघि बन्द गरिएको कुण्ड सङ्क्रमण घट्दै गएपछि यही फागुन महिनाको पहिलो सातादेखि सर्वसाधारण तथा बिरामीका लागि पुनः खुला गरिएको थियो। कोरोना सङ्क्रमणको जोखिम कम हुँदै र जाडो पनि घट्दै गएपछि बिरामी तातोपानीमा आइरहेका तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए।

उनका अनुसार अहिले कुण्डमा दैनिक २०० महिला र १०० पुरुषले नियमित स्नान गरिरहेका छन्। कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्नेगरी कुण्डमा नुहाउनका लागि बिरामीलाई अनुमति दिइएको अध्यक्ष अध्यक्ष शाक्यको भनाइ थियो।तातोपानी कुण्डमा नुहाउने बिरामीको सङ्ख्या अत्यधिक बढेपछि महिला र पुरुषको छुट्टाछुट्टै नुहाउने समय तालिका बनाइएको छ। हरेक दिन बिहान ६ देखि बेलुका ४ः३० बजेसम्म दुई–दुई घण्टाका दरले महिला र पुरुषले नुहाउने समय तालिका लागू गरिएको छ।

मुख्य कुण्डभन्दा बाहिरका दुई वटा पोखरीमा भने साँझ ५ देखि ९ बजेसम्म पनि नुहाउने व्यवस्था गरिएको जनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×