दुई सय पर्यटक सवारी चालकलाई तालिम, पाँच सय पर्यटक सवारीमा स्टिकर

काठमाडाैं । नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा दुई सय पर्यटक सवारी चालकहरुलाई दुई दिने तालिमको आयोजना गरेको छ ।

पर्यटक ट्याक्सी, बस र रिक्सा चालकहरुलाई कोभिडका समयमा सुरक्षित यात्राका लागि अपनाउनु पर्ने विधि, आतिथ्यता, म्याप पढ्ने तरिका, ट्राफिक सचेतनाका विषयहरुमा तालिम दिइएको थियो ।

बोर्डले पर्यटन क्षेत्रका अग्रपंक्तिमा बसेर काम गर्नेहरुलाई पूनर्ताजगी गर्ने उद्देश्य बमोजिम आयोजित अभिमुखिकरण तालिमको उद्घाटन नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले गर्नुभएको थियो ।

होटल संघ नेपालको प्रथम उपाध्यक्ष विनायक शाह, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्सका वरिष्ठ उपाध्यक्ष विनय वस्नेत, गैह्रआवासीय संघ युरोप क्षेत्र संयोजक सोम सापकोटा, पर्यटक बस यातायात संघका प्रतिनिधिहरु उद्घाटन र समापन कार्यक्रममा सहभागि थिए ।

पर्यटकलाई यात्राका दौरान चाहिने अत्यावश्यक पर्यटक प्रहरीको नम्बर र नेपाल पर्यटन बोर्डको वेभसाइटको विवरण भएको स्टिकरलाई यही अवसरमा पाँच सय सवारीमा टाँस्ने अभियान यही अवसरमा सुचारु गरिएकाे छ ।

बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले पर्यटक गाडीमा टाँसिएको स्टिकरले पर्यटकमा भ्रमणमा सकारात्मक हुने वातावरण बनेको बताउनुभयो । नेपाल पर्यटन बोर्डले वार्षिक क्यालेण्डरमा अग्रपंक्तिमा खटिएर काम गर्नेहरुलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइरेहेको छ ।     

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×