काठमाडौँ - राष्ट्रपति कार्यालयले बीमा विधेयक, २०७९ स्वीकृत गरेको छ। आइतबार सूचना जारी गर्दै राष्ट्रपति कार्यालयले बीमा विधेयकसहित ३ विधेयक स्वीकृत भएको जानकारी दिएको हो।
कार्यालयले बीमा विधेयक स्वीकृत गरेसँगै हालको बीमा समिति प्राधिकरणमा परिणत हुने भएको छ। यो विधेयकसँगै सार्वजनिक ऋण व्यवस्थापन संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समेत स्वीकृत भएको छ।
बीमा विधेयक पारित भएसँगै अब बस्ने बीमा समितिको सञ्चालक समितिको बैठकले बीमा प्राधिकरणमा परिणत गर्ने छ। हालको समिति प्राधिकरण बनेपनी अहिलेकै सञ्चालक समितिले निरन्तरता पाउने व्यवस्था छ।