काठमाडौँ - चार दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्। मोदीसँग हैदरावाद हाउसमा द्धिपक्षीय भेटवार्ता हुनेछ। प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गरे लगत्तै प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ।
लगत्तै सम्झौता पत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ।
त्यसअघि प्रधानमन्त्री प्रचण्ड आज बिहान साढे दश बजे महात्मा गान्धीको समाधि स्थल राजघाट जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जहाँ उनले महात्मा गान्धीप्रति पुश्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ।