काठमाडौँ - एकदिवसीय महिला विश्वकप ४ मार्चदेखि ३ अप्रिलसम्म खेलहरू न्युजिल्यान्डको ६ स्थानमा खेलाइदै छ। ८ टिमले भाग लिने यसपटकको प्रतियोगिताको उपाधि विजेतालाई ठूलो रकम पुरस्कार पनि मिल्नेछ। गत सिजनको भन्दा दोब्बर रकम मिल्नेछ।
आईसीसीले विजेता टिमलाई दिने पुरस्कार रकम दोब्बर गरेको हो। यसपटक आईसीसीले कूल पुरस्कार रकम ३.५ मिलियन अमेरिकी डलर छुट्याएको छ। जुन गत विश्वकपको भन्दा ७५ प्रतिशतले बढी रकम पनि हो। यस पटक विश्वकप जित्ने टिमले १.३२ मिलियन डलर प्राप्त गर्नेछ। नेपाली रुपिया“मा यो रकम १० करोडभन्दा बढी हुन्छ। गत विश्वकपमा विजेता बनेको टिम इंग्ल्यान्डले ६ लाख ६० हजार डलर पाएको थियो। त्यस्तै, उपविजेता टिमले ६ लाख अमेरिकी डलर प्राप्त गर्नेछ।