पूर्वसांसद मानन्धर निधनप्रति दुःख व्यक्त

काठमाडौँ। पूर्वसांसद मञ्च, नेपालले राष्ट्रियसभा पूर्वसदस्य लक्ष्मीदास मानन्धरको निधनप्रति दुःख व्यक्त गरेको छ। मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा २०५८ सालमा काठमाडौँबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित एवं पूर्वसांसद मञ्चका कार्यसमिति सदस्य मानन्धरको यही माघ ६ गते निधन भएकोप्रति दुःख व्यक्त गरिएको छ।

पूर्वसांसद काठमााडौँस्थित हेम्स अस्पतालमा उपचारका क्रममा असामयिक निधन भएकामा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×