काठमाडौँ - बलिउड अभिनेता राजकुमार राव मुख्य भूमिकामा रहेको फिल्म ‘हिटः द फस्र्ट केस’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको ट्रेलर बिहीबार सार्वजनिक भएको हो।
यो फिल्म सोही नामको चर्चित तेलगु फिल्ममा आधारित रहेर बनेको फिल्म हो। फिल्ममा राजकुमार रावसँगै शान्या मल्होत्रा मुख्य भूमिकामा रहेकी छिन्।
फिल्म क्राइम थ्रिलर विधामा आधारित रहेको छ। फिल्ममा शान्या र राजकुमारसँगै जतिन गोस्वामी, शानु कुमार र रोहन सिंहको पनि अभिनय रहेको छ।
फिल्मका निर्देशक सैलेश कोलनु रहेका छन्। यो फिल्म १५ जुलाईबाट प्रदर्शनमा आउनेछ।