काठमाडौँ - नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीको पक्षमा चुनावी गीत (अडियो/भिडियो) निर्माण गरी प्रचारप्रसार भइरहेका मध्येबाट उत्कृष्टलाई रु दुई ७५ हजार राशिबाट पुरस्कृत गर्ने भएको छ।
पार्टी प्रवक्ता डा प्रकाशशरण महत संयोजक रहनुभएको स्थानीय तह निर्वाचन केन्द्रिय प्रचार–प्रसार समितिअन्तर्गतको सांस्कृतिक समन्वय उपसमितिले दर्शक, श्रोता तथा छनोट समितिको निर्णयबमोजिम सो पुरस्कार प्रदान गर्ने जनाएको हो।
उपसमिति संयोजक डीबी गुरुङले कांग्रेसको पक्षमा चुनावी गीतहरु (अडियो/भिडियो) निर्माण गरी प्रचार–प्रसार भइरहेका गीत फेसबुक म्यासेन्जरमा लिंक गरी पठाउन सम्पूर्ण लोकतन्त्रवादी कलाकारलाई आग्रह गरेका छन्।