भरतपुर महानगरमा गठबन्धनको अग्रता कायमै

चितवा- भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको अग्रता कायमै रहेको छ । महानगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा गठबन्धनको उम्मेदवारहरुले अग्रता कायम गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले दुई हजार २१२ मत प्राप्त गरेका छन्। त्यस्तै प्रमुख पदमा नेकपा (एमाले)का विजय सुवेदीले दुई हजार १८९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७३२ मत प्राप्त गरेका छन् । दाहालले २३ मतले अग्रता कायम गरेका हुन् ।

    उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले दुई हजार ४३६ मत पाए छन् । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) सहितको गठबन्धनकी राप्रपाकी हिमला गुरुङ्ले एक हजार ६५ मत प्राप्त गरेका छन् । वडा नं २ मा वडाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका मनोज रानाभाटले एक हजार २४९ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार कृष्ण केसीले एक हजार २२५ मत प्राप्त गरेका छन् । सो वडामा दुई हजार ९०० मत गणना भएको छ । वडामा कूल चार हजार ८०८ मत खसेको छ । यसअघि वडा नम्बर १ मा गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका केशव महर्जन विजयी  भएका छन् ।   
 
    भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकाहरुमा रत्ननगर,  खैरहनी, कालिका, राप्तीमा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ भने माडी र इच्छाकामनामा नेकपा (एमाले)ले अग्रता कायम गरेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×