क्लबको बाउन्सरलाई खुकुरी हानेको आरोपमा ६ पक्राउ

काठमाडौँ - दरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर डेरा जाँदै गरेका दुईजनालाई ८ जनाले खुकुरी प्रहार गरेर भागेका थिए। खुकुरी प्रहारबाट घाइते भएका नितेश राई र छिरिङ लामाको उपचार भइरहेको छ।

खुकुरी प्रहारमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराको भनइ छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका दावा दोर्जे शेर्पा उर्फ च्याङ्बा, प्रदिप लामा, जिवन तामाङ र काभ्रेको मंगलटार घर भएका जितेन लामा सहित ६ जना छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ५ जना र उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले १ जनालाई पक्राउ गरेका हुन्।

एक महिनाअघि प्लाटिनम क्लबका बाउन्सरसँग आरोपीहरुको झगडा भएको थियो। बाउन्सरले दावा दोर्जे शेर्पालाई कुटेको र ५ तोला बराबरको सुनको सिक्री क्लबमा हराएको उनीहरुले दाबी गरेका थिए। त्यतिबेला प्रहरी वृत दरबारमार्गले दुवै पक्षलाई मिलापत्र गराएर छाडेको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×