काठमाडाैँ - केभिन डे ब्रुएनाले चार गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले उल्भ्सलाई उसकै घरमा ५–१ ले हरायो र लिग उपाधि जित्ने संघारमा पुग्न सफल रह्यो।
यो जितपछि पेप ग्वार्डिओलाको टिमले दोस्रो स्थानमा रहेको लिभरपुलमाथि तीन अंकको अग्रता खोलेको छ। दुवै टिमले दुई चरणका खेल खेल्न मात्र बाँकी छ र सिटीलाई शीर्ष स्थानमा लिभरपुलमाथि गोल अन्तरको पनि फाइदा छ।
अब सिटीले आइतबार वेस्ट ह्यामको यात्रा गर्नेछ र त्यस क्रममा लिग उपाधिको रक्षा गर्न उसलाई चार अंकको मात्र आवश्यकता पर्नेछ।
बेल्जियमका खेलाडी ब्रुएनाले पूरा खेल अवधिमा उत्कृष्ट प्रदर्शन गरे र उनको ह्याट्रिक २४ मिनेटमा सम्भव भएको थियो। सिटीका लागि अर्को गोल रहिम स्टर्लिङले गरेका थिए।