काठमाडौँ । मंगलबार पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाने भएका छन् । पृथ्वीजयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यर्पण गर्न उनी सिंहदरबार जान लागेका हुन् ।
पूर्वराजाका संवाद सचिव फणि पाठकले दिएको जानकारी अनुसार उनले सिंहदरबारको मुल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको छ । उनी दिउँसो साँढे १२ बजे सिंहदरबार पुग्नेछन् ।
मंगलबार पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती मनाइने भए पनि यस अवसरमा सरकारले सार्वजनिक बिदा भने दिएको छैन ।