अभिनेत्री रवीना टण्डन पितृशोकमा

भारत। बलिउड अभिनेत्री रवीना टण्डन पितृशोकमा परेकी छिन्। शुक्रबार उनको बुवा तथा निर्देशक रवि टण्डनको निधन भएको छ। श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित रविको ८७ वर्षको उमेरमा निधन भएकाे हाे।

अभिनेत्री टण्डनले सामाजिक सञ्जालमा बुवाकाे तस्बिरसँगै लेखेकी छिन्, ‘तपाईं सधैं मेरो साथमा हुनु हुनेछ, म तपाईंलाई जान दिने छैन। लभ यु पापा।’ रविकाे निधनमा अभिनेत्री जुही चावला, चंकी पांडेय, नम्रता शिराेडकर, शिल्पा शेट्टी, साेनु सुद लगायतका बिभिन्न कलाकारहरुले शोक व्यक्त गरेका छन्। रवि सत्तरी र असीकाे दशकका सक्रिय निर्देशक थिए। उनले अन्होनी, नजराना, मजबूर, जिंदगी, खेल खेल मे लगायतका चलचित्रकाे निर्देशन गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×