काठमाडौँ - च्याम्पियनसिप क्लब बर्नलेमाथि सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड इएफएल कप अर्थात कारवाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। युनाइटेडले घरेलु मैदानमा च्याम्पियनसिप क्लब बर्नलेमाथि २-० को सहज जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो।
युनाइटेडकाे जितमा क्रिष्टियन एरिक्सन र मार्कस रासफर्डले गोल गरेका थिए। पहिलो र दोस्रो हाफमा समान १ गोल भएको थियो। ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलको २७औं मिनेटमा एरिक्सनको गोलबाट सुरुवाती अग्रता लिएको थियो। उनले आरोन वान विशाखाको पासमा गोल गर्न सफल भएका थिए।
त्यसपछि ५७औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडको जित पक्का गरे। उनले स्कट म्याक टोमिनेको पासमा मैदानकाे मध्य भागबाट एक्लै बल अघि बढाउँदै २ डिफेन्डरलाई बिट गर्दै सानदार गोल गर्न सफल भएका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड विजयी हुदै क्वाटरफाइनलमा पुग्न सफल भएको हो।