नवौं राष्ट्रिय खेलकुदः प्रदेश १ ले ३४ खेलमा भाग लिने

काडमाठौँ - पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ ले ३४ वटा खेलमा सहभागिता जनाउने भएको छ।

विराटनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रदेश १ खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले प्रदेशबाट ६ सय ९४ जना खेलाडीले स्पर्धा गर्ने जानकारी दिएका छन्।

विभिन्न कारण रोकिँदै आएको खेलकुदको तयारीका लागि प्रदेश खेलकुद विकास बोर्डले भदौ पहिलो साताबाट खेलाडी छनोट कार्यलाई तीव्रता दिने उनले प्रस्ट्याएका छन्।

पहिलो चरणमा छनोट भएका खेलाडीलाई बोर्डले भदौ १० गतेबाट १९ गतेभित्र प्रदेशस्तरीय खेलकुदमा स्पर्धा गराउने सदस्यसचिव वाग्लेले बताएका छन्।

नवौं खेलकुदमा ४ सय ५ वटा खेल स्पर्धा हुने बताएका वाग्लेले प्रदेशस्तरीय खेलाडी चयन १४ जिल्लामै आयोजना गर्नेतर्फ बोर्ड प्रयासरत रहेको बताएका छन्।

यस क्रममा १४ जिल्लाबाट ३५ हजार बढी खेलाडी छनोट प्रतियोगितामा सहभागि हुने लक्ष्य बोर्डले राखेको छ। सदस्यसचिव वाग्लेले खेलकुदमा प्रदेशबाट ८८ जना अफिसिलय टोली प्रशिक्षक र व्यवस्थापक रहने जानकारी दिएका छन्।

यसअघि आठौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ सातौं स्थानमा सीमित भएको थियो। मा प्रदेशले ९ वटा स्वर्ण, २० वटा रजत, र ५९ वटा कास्य पदक हात पारेको थियो। ३६ वटा खेलमा स्पर्धा हुने नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ ले विभिन्न ३४ खेलमा सहभागिता जनाउनेछ।

खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ। नवौं राष्ट्रिय खेलकुदः प्रदेश १ ले ३४ खेलमा भाग लिने खेलकुदमा ७ प्रदेशसँगै ३ विभागीय टोली र गैरआवासीय नेपाली संघ(एनआरएनए) गरी कुल ११ टोलीको सहभागिता रहनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×