शाहिद कपुरले बढाए आफ्नो पारिश्रमिक

काठमाडौँ - बलिउडका सुपर ड्यासिङ अभिनेता मध्येका एक अभिनेता शाहिद कपूर आफ्नो व्यावसायिक जीवनका अलावा व्यक्तिगत जीवनका कारण पनि निकै चर्चामा छन्। 

शाहिदको पछिल्लो रिलिज फिल्म जर्सीले बक्स अफिसमा खासै कमाई गर्न सकेन। तर, शाहिदले आफ्नो अभिनयका लागि दर्शकबाट धेरै प्रशंसा भने कमाए। 

यसैबीच बलिउड लाइफको एक रिपोर्ट अनुसार शाहिद कपुरले आफ्नो पारिश्रमिक बढाएको खबर बाहिरिएको छ। रिपोर्टका अनुसार फिल्म फ्लप भएपनि शाहिद कपुरले आफ्नो पारिश्रमिक ५ करोड बढाएका छन्। 

फिल्मले करिब २१ करोड कलेक्सन गरेको थियो। तर, फिल्मको ओटीटी रिलिजपछि फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ।

शाहिद कपुरले फिल्म जर्सीका लागि ३५ करोड भारु लिएका थिए। रिपोर्टका अनुसार शाहिदले आफ्नो पारिश्रमिक बढाएपछि अब एक फिल्मका लागि करिब ४० करोड भारु लिने जनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×