इशान किशनको कीर्तिमानी दोहोरो शतक, भारतले दियो ४१० रनको लक्ष्य

काठमाडौँ - इशान किशनको दोहोरो शतक र विराट कोहलीको शतकको मद्दतले भारतले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा जितका लागि ४१० रनको चुनौती दिएको छ।

चिटगाउँमा खेलिएको खेलमा बंगलादेशले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो। ओपनर शिखर धवनले मात्र ३ रन बनाउन सके पनि अन्य ओपनर इशान किशन र विराट कोहलीले पिचको पूरा फाइदा उठाए। दुवैले दोस्रो विकेटका लागि १९० बलमा २९० रनको साझेदारी गरेका थिए।

इशान किशनले १३१ बलमा २१० रन बनाएका थिए। एकदिवसीय क्रिकेटमा उनको यो पहिलो दोहोरो शतक हो। योसँगै उनले एकदिवसीयमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने कीर्तिमान बनाएका छन्। इशान किशनले २४ चौका र १० छक्का प्रहार गरे।

विराट कोहलीले एकदिवसीय क्रिकेटमा शतकको खडेरी पनि समाप्त गरेका छन्। उनले ९१ बलमा ११३ रन बनाए। उनले ११ चौका र २ छक्का प्रहार गरे। भारतीय ब्याट्सम्यानमा वासिङ्टन सुन्दरले ३७ र अक्षर पटेलले २० रन बनाए।

भारतीय टोलीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ४०९ रन बनाएको छ। आजको खेलमा रोहित शर्मा खेलिरहेका छैनन्। उनको स्थानमा केएल राहुलले कप्तानी गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×