काठमाडौँ । कालीकोटको नरहरीनाथ गाउँपालिका–१ कोटवाडामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
कर्णाली करिडोरको लालीघाट बजारबाट सुनथराली विमानस्थलतर्फ जादैँ गरेको बा ५ ख ४६४३ नं को मिनि ट्रक कोटवाडामा दुर्घटना भएको हो। दुर्घटनामा परी मिनि ट्रकमा सवार नरहरीनाथ–१ कोटबाडाका ५८ वर्षीया जयबहादुर विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकमा चारजना सवार रहेका र ट्रक मालिक नेत्रबहादुर विष्ट घाइते भएको प्रहरीले जनाएको छ। घाइते विष्टको थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट ल्याइँदै गरेको प्रहरीले जनाएको छ। निर्माणधीन सुनथराली विमानस्थलका लागि निर्माण सामग्री बोकेको मिनि ट्रक दुर्घटना भएको स्थानीय जमानसिंह विष्टले बताए।
मिनि ट्रकका चालक र सहचालक भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।