जोन अब्राहमले गरे नयाँ चलचित्र ‘तारिक’ को घोषणा

काठमाडौँ - बलिउड अभिनेता जोन अब्राहमले नयाँ चलचित्रको घोषणा गरेका छन्। भारतको स्वतन्त्रता दिवसको अवसरमा उनले आफ्नो नयाँ चलचित्रको घोषणा गरेका हुन्।

चलचित्रको नाम ‘तारिक’ रहने बताइएको छ। उनले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ चलचित्रबारे जानकारी दिएका छन्। २०२३ को अगस्ट १५ मा सार्वजनिक गर्नेगरी चलचित्र निर्माण गर्ने बताइएको छ। जोनले यस चलचित्रमा अभिनयका साथसाथै को-प्रोड्युस समेत गर्ने जनाएका छन्।

यस चलचित्रको निर्देशन अरुण गोपालनले गर्ने बताइएको छ। चलचित्रको निर्माण जोन अब्राहम, सन्दीप लेजेल र शोभना यादव मिलेर गर्नेछन्।  

चलचित्रको कहानी ललित मराठेले लेखेका छन्।     

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×