दीपक कार्कीले आफू प्रधानन्यायाधीश भए पूर्णमान शाक्यलाई सर्वोच्चको रिक्त न्यायाधीशमा नियुक्त गर्ने वचनपछि बारको आन्दोलन उग्र

काठमाडौँ।  सर्वोच्च अदालतमा न्यायाधीश बन्ने चाहना राखेका सर्वोच्च बारका अध्यक्ष तथा पूर्व महान्यायाधिवक्ता पूर्णमान शाक्य बारको आन्दोलनमा उग्र देखिदै आएका छन्। सर्वोच्च अदालतमा न्यायाधीश बन्ने उनको योजना असफल भएपछि उनी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध उग्र रुपमा लागेका हुन्। उनले सुरुदेखि नै आक्रामक रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन्।

अहिले सर्वोच्च अदालतमा एक जना न्यायाधीशको ठाउँ रिक्त रहेको छ। जसमा शाक्यले आँखा लगाएका छन्। प्रधानन्यायाधीश जबरापछिको रोलक्रममा रहेका न्यायाधीश दीपककुमार कार्कीले आफू प्रधानन्यायाधीश भए शाक्यलाई उक्त रिक्त ठाउँमा नियुक्त गर्ने वचन दिएको पनि अदालतनिकट उच्च स्रोतले जनाएको छ। जसका कारण शाक्य जबरालाई हटाएर कार्कीलाई प्रधानन्यायाधीश बनाउनेगरि अहिले बारको आन्दोलनमा उग्र रुपमा लागीपरेका छन्।

सर्वोच्च अदालत लयमा फर्किएको छ। अदालतमा गोलाप्रथाअनुसार पेशी तोकिएका छन्। तर, मुद्दाको सुनुवाई भने प्रभावकारी रुपमा भएका छैनन्। हड्ताली न्यायाधीशहरु नै अहिले राम्रोसँग मुद्दाको सुनुवाई नगर्ने पक्षमा पुगेका छन्।

यसअघि बार र सर्वोच्च बारका पदाधिकारीले न्यायाधीशहरुको इजलाश/इजलाश पुगेर मुद्दाको सुनुवाई नगर्न दबाब दिएको जानकारी बाहिर आइरहेको छ। अहिले बारले राजनीतिक दलहरुलाई गुहारी रहेकाछन्। आजमात्रै बार र सर्वोच्च बारका पदाधिकारी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्।
स्रोत:रिपोर्टसनेपाल

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×