इलामकाे माईबेनीमा परम्परागत मकर मेला

इलाम । माईबेनीमा धुमधामका साथ मकर मेला लागेको छ । माई र जोगमाई खोलाको दोभानमा पर्ने माईबेनीमा परम्परागत रुपमा लाग्दै आएको बेनी मेला यस वर्ष पनि धुमधामका साथ लागेको हो ।

तीन दिनअघि देखि नै माईजोगमाई दोभानमा टहरा निर्माण भएर मेला सुरु भएको हो । विशेष गरेर यही माघ १ गते मकर नुहाउने र पाठपूजा गर्ने धर्मावलम्बीहरुको भीडभाड लाग्ने गर्दछ । मेला आज दिनभर नै लाग्ने जनाइएको छ ।

माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने र नजिकै रहेको मन्दिरमा पूजाआजा गर्दा मनोकामना पूरा हुने धार्मिक आस्था रहेको छ । इलामको माईजोगमाई गाउँपालिकामा पर्ने बेनीमा नेपालका विभिन्न ठाउँ तथा भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

मेलामा स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तुका साथै बजारमा तामा,  प्लास्टिक लगायतका विभिन्न वस्तुहरु समेत बेच्न राखिएको हुन्छ ।
विशेषगरी स्थानीयवासीले उत्पादन गरेको रसिलो उखु, सुन्तला, तरुलको अत्यधिक व्यापार भएको छ । सो स्थानमा मेला लगाउने कार्य तत्कालीन बडाहाकिम गजराजसिंह थापाको पालादेखि सुरु भएको पाइन्छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×