विभिन्न स्रष्टालाई ‘व्यथित काव्य सम्मान’को घोषणा

काठमाडौँ - साहित्यिक पत्रकार संघले विभिन्न कविलाई ‘व्यथित काव्य सम्मान’ प्रदान गर्ने घोषणा गरेको छ।

संघले कविहरू उदय निरौलालाई २०७४ सालको, श्रवण मुकारुङलाई २०७५ सालको, रमेश श्रेष्ठलाई २०७६, कृसु क्षेत्रीलाई २०७७, मोमिला जोशीलाई २०७८ र गीता कार्कीलाई २०७९ सालको ‘व्यथित काव्य सम्मान’बाट समानित गरिने जनाएको छ।

संघले ‘व्यथित काव्य डायसपोरा सम्मान’बाट कविहरू हेमन्त श्रेष्ठ (अमेरिका), गोवद्र्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) लाई पनि प्रदान गर्ने जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×