जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ - महासचिव शंकर पोखरेल

काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावका समय जनता जनार्दन नै न्यायाधीश हुने अभिव्यक्ति दिएका छन्। यसका साथै उनले विकास र समृद्धिको आशलाग्दो यात्रामा अघि बढ्दा एमालेको शक्ति र लोकप्रियतालाई रोक्न पाँच दलीय गठबन्धन बनेको आरोप समेत लगाएका छन्।

बुधबार आफ्नो सामाजिक संजाल फेस्बुकमा आफ्नो अभिव्यक्ति दिँदै उनले यी कुरा बताएका हुन्। उनले भनेका छन्, "जनादेशको सम्मान,राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आशलाग्दो यात्रामा अघि बढ्दा एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न बनेको हो पाँच दलीय गठबन्धन।" 

यसै गरी उनले अब हुने तीन तहको चुनावसँगै जनादेश खण्डित हुने र त्यसको ठाउँमा नयाँ जनादेशले ठाउँ लिने पनि बताएका छन्। उनले लेखेका छन्, "चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन्। एजेण्डा विहिन गठबन्धनले होइन, देश र जनताका पक्षको एजेन्डाबाट नै चुनाव जित्ने हो। अब सिंगो पार्टी पंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेरिस्त बोकेर जनताका बीचमा जाऔं। जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ।"


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×