काठमाडौँ - अमेरिकी स्टार सेरेना विलियम्स युएस ओपन टेनिस प्रतियाेगिताकाे तेस्रो चरणबाटै बाहिरिएकी छिन्। उनी आज बिहान सम्पन्न खेलमा अस्ट्रेलियन खेलाडी अजला टाेमल्जानाेभिचसँग २-१ काे सेटमा पराजित हुँदै बाहिरिएकी हुन्।
आर्थर एस स्टेडियममा विलियम्स ५-७, ७-६ (७-४), १-६ ले पराजय व्यहाेरिन्। अब टाेमल्जानाेभिचले रसियन खेलाडी लुडमिला सामसाेनाेभाकाे सामना गर्नेछिन्।
सामसाेनाेभा सर्वियाकी अलेक्जान्ड्रा क्रुनिकलाई दुवै सेटमा समान ६-३ ले पराजित गर्दै चाैथाे चरणमा प्रवेश गरेकी हुन्। त्यस्तै, तेस्रो चरणअन्तर्गतकै अन्य खेलमा क्याराेलिना गार्सिया र ओन्स जाबेउरले पनि जित हात पारेका छन्।
बेलतयती स्टार एन्डी मुरे पनि युएस ओपनकाे तेस्रो चरणबाटै बाहिरिएका छन्। उनी गएरातिकाे खेलमा इटालीका माटिओ बेरेटिनीसँग ३-१ काे सेटमा पराजित हुँदै बाहिरिएका हुन्।
मुरे आर्थर एस स्टेडियममा ४-६, ४-६, ७-६ (७-१) र ३-६ ले पराजित भएका छन्।