कांग्रेस महाधिवेशन मतदान, शेखर काेइरालालाई पाैडेलकाे साथ

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफूहरुलाई वरिष्ठ नेता रामचन्द्र पौडेर र शशांक कोइरालाको साथ रहेको बताएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि सभापति छाडेको भए पनि सहमति जुट्न नसकेका कारण पुनः सभापति उठेको दाबी गरे। उनले वरिष्ठ नेता पौडेलको आशीर्वाद आफूहरुलाई रहेको बताएका छन्। पौडेल कांग्रेसको सम्मानित नेता रहेको पनि उनको भनाइ थियो ।

उम्मेदवारी घोषणापछि आफूले पौडेल र कोइराल दुवैजनासँग भेटवार्ता समेत गरेको उनले जानकारी दिए।

कोइरालाले आफूले जिते सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×