चीनमा चार महिनापछि सबैभन्दा धेरै सङ्क्रमित

एजेन्सी। चीनमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ। विगतमा सङ्क्रमितको सङ्ख्या घट्दै गएपनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।

कोरोनाभाइरसको सबैभन्दा पहिला पुष्टि भएको मुलुक चीनमा महामारीको न्युनिकरण भने अरु देशभन्दामा राम्रोसँग भएको थियो। सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोनाभाइरसको पुष्टि चीनमा भएको थियो। 

सुरुमा उच्च सतर्कता गरेकाले चाडो महामारी न्युनिकरण गर्न सफल भएको थियो भने चीनले कोरोनाभाइरस विरुद्धको खोप पनि उत्पादन गरेको छ। 

चीनमा उत्पादन गरिएको खोप अहिले विश्वका धेरै देशका नागरिकले लगाइसकेका छन्। अहिले फेरि सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सतर्कता पनि बढाउन थालिएको अधिकारीले जानकारी दिएका छन्। 

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा १४० जना नयाँ सङ्क्रमित भेटिएको पुष्टि गरिएको हो। तीमध्ये ८७ जना स्थानीय स्थानान्तरण र अरु बाहिरबाट सरेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×