एमालेलाई नटेर्ने सकिन्छन्ः ओली

धनगढी – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेलाई नटेर्नेहरु सकिने बताएका छन्। उनले एमाले एउटा शक्ति भएको बताए।

बिहीबार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यक्रममा उनले कांग्रेसप्रति कटाक्ष गर्दै एमालेलाई कसैले नटेरे त्यो सिद्धिने बताए।

उनले भने, ‘एमाले एउटा शक्ति हो। यसलाई पुरै आँखा चिम्लेर जान्छु कसैले भन्यो भने त्यो सकिन्छ।’ उनले कांग्रेसले आफूसँग दुई तिहाई छजस्तो दम्भ गरेकाले सरकारबाट हट्नु परेको बताए।

अध्यक्ष ओलीले भने, ‘फरक–फरक दलका फरक विचार भए पनि संविधानको रक्षा देशको एकता र राष्ट्रको सावभौमसत्ता र भूमिको रक्षाका लागि सबैले एकजुट हुनुपर्छ।’ स्वाधिनता,भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबैदलहरु एकठाउँमा हुनुपर्ने ओलीको भनाइ छ।

उनले भने, ‘सुशासनका, भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टहरुलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्नुपर्छ, त्यसका लागि एमाले तयार छ।’

अध्यक्ष ओलीले महाकाली नदीमा निर्मित चार लेनको पक्की पुल र दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाहको स्थलगत अवलोकनसमेत गरे। त्यसपछि आजै उनले नेकपा एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशनसमेत उद्घाटन गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×