बाँसबारी जग्गा प्रकरण: चौधरी ग्रुपका अर्का सदस्य पनि समातिए

काठमाडौँ – बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा प्रहरीले सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ।

यस प्रकरणमा यसअघि नै सिजी चाँदबाग कम्पनीका सञ्चालक अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरिसकेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चौधरी, थापा र ठाकुरलाई पक्राउ गरेको हो।

ब्युरो प्रमुख किरण वज्राचार्यका अनुसार ठाकुरलाई बिहीबार पक्राउ गरिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×