चिनियाँ नेता ली चान्सु आज उच्चस्तरीय भेटघाटमा व्यस्त हुने

काठमाडौँ - नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन्। 

चार दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नेछन्। उनले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि बुधबार बिहान संसद् भवनमा बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ।

बुधबार अपराह्न साढे ३ बजे अध्यक्ष लि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानेछन्। लीको सुरक्षाका लागि भन्दै काठमाडौंमा सवारी आवतजावतमा कडा पारिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×