विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौँ - कतारमा जारी विश्वकप फुटबलमा आज चार खेल हुँदैछन्। समूह चरण अन्तर्गत समूह जी र एचका दोस्रो चरणका २-२ खेलहरु हुन लागेका हुन्।

पहिलो खेलमा समूह जी मा रहेको क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ। यसअघि सर्बिया ब्रजिलसँग २-० ले तथा क्यामरुन स्वीट्जरल्याण्डसँग १-० ले पराजित भएको थियो। राउन्ड अफ सिक्सटिनमा पुग्ने सम्भावना जिवितै राख्न दुवै टिमलाई कम्तीमा बराबरी गर्नुपर्ने अवस्था छ।

क्यामरुन र सर्बिया पहिलो जितको खोजीमा छन्। खेल दिउँसो ३ः४५ बजे अल जानौबी स्टेडियममा हुँदैछ। ब्रजिल र स्वीट्जरल्याण्ड पनि आजै भिड्दै छन्। खेल राति ९ः४५ बजेबाछ स्टेडियम ९७४ शुरु हुनेछ।

त्यस्तै समूह एचको खेलमा दक्षिण कोरिया र घाना खेल्दैछन्। दुवै टिम पहिलो जितको खोजीमा छन्। घाना पहिलो खेलमा पोर्चुगलसँग ३-२ को अन्तरले पराजित भएको थिथो. दक्षिण कोरियाले उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो। घाना र दक्षिण कोरिया पहिलो जित निकाल्न साँझ ६ः४५ बजे एजुकेशन सिटी स्टेडियममा खेल्ने छन्।

सोही समूहको अर्को खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ. खेल राति १२ः४५ बजे शुरु हुनेछ। पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहेको छ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×