फरक क्षमता भएकालाई सामाजिक सुरक्षा भत्ता

पाल्पा - पाल्पाको बगनासकाली गाउँपालिकाले फरक क्षमता (अपाङ्गता) भएका सबै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ। 

सरकारले यसअघि रातो र नीलो कार्ड भएकालाई मात्रै भत्ता उपलब्ध गराएकामा पालिकाले भने पहेँलो र सेतो कार्ड प्राप्त सबै अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिने निर्णय गरेको छ। पहेँलो कार्ड भएकालाई मासिक रु ५०० र सेतो कार्ड भएकालाई मासिक रु ३०० का दरले अपाङ्गता भत्ता उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ।

महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक रु एक हजार रकम प्रोत्साहन दिने निर्णय भएको छ। सो कार्यक्रम आगामी साउन १ गतेबाट लागु हुने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन्। हिंसापीडित महिलाका लागि लक्षित गरी परामर्श केन्द्र सञ्चालन गर्ने पालिकाले जनाएको छ। गाउँपालिकाअन्तर्गत रहेका लिफ्टिङ खानेपानी योजनामा ६० प्रतिशत विद्युत् शुल्क पालिकाले बेहोर्ने निर्णयसमेत भएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×