पोग्वाको घुँडामा चोट, बार्सिलोनासँगको खेल गुमाउने

काठमाडौँ - यसै समरमा इटालीयन क्लब युभेन्ट्स अनुबन्ध भएका स्टार मिडफिल्डर पाउल पोग्वाकाे घुँडामा चोट लागेकाे छ।

स्पेनिस महारथी बार्सिलोनाबिरुद्द प्री सिजन मैत्रीपूर्ण खेल अघि पोग्वाले घुँडाको चोट लागेकाे हाे। बार्सिलोनाले डल्लासमा युभेन्ट्ससँग खेल्ने तालिका रहेको छ। चोटसँगै पोग्वाले खेल गुमाउने भएका छन्।

२९ वर्षीय पोग्वा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सम्झौता सकिएसँगै युभेन्ट्समा पुनः अनुबन्ध भएका हुन्।

दायाँ घुडाको चोट बोकेका पोग्वाले अघिल्लो खेलमा मेक्सिकन क्लब चिभास गुअडालाजारासँग २-० को जित निकाल्ने क्रममा मैदानमा उपलब्ध भएका थिए।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×