काठमाडौँ - चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वाश प्रतियोगिता अन्तर्गत मास्टर खुलातर्फको विधामा दिलीप अधिकारी फाइनलमा पुगेका छन्।
दिलीप अधिकारीले कर्नेल इन्द्रबहादुर कार्कीलाई २-१ ले पछि पार्दै फाइनल पुगेका हुन्। यसैगरी हिजै भएको दोस्रो सेमिफाइन खेलको प्लेट च्याम्पियनसिपतर्फको विधामा राजकृष्ण महर्जनले कमल शाक्यलाई ३-१ ले पराजित गर्दै फाइनलमा पुगेका छन्।
राजकृष्णले कमललाई ४-११, ११-५, ११-९, ११-९ स्कोरले पराजित गरेका थिए। सोही विधाको अर्को खेलमा प्रयाग जोशीले जुनिल शाक्यलाई ३-१ ले पराजित गरेका थिए। प्रयागले जनिलमाथि १२-१०, ११-३, ८-११, ११-३ को स्कोरले पाखा लगाएका थिए।
शुक्रबार पुरुष खुला, मास्टर खुला, महिला खुला तथा छात्र यु-१९ विधाका सेमिफाइनल खेल सञ्चालन हुनेछ। प्रतियोगिता यही साउन २१ गतेसम्म सञ्चालन हुनेछ।