काठमाडौँ - नेपालले आज जिम्बाब्वे 'ए' सँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ। खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेबाट हुदैछ।
आज नेपाल जिम्बाब्वेलाई हराउँदै श्रृङ्खला जित्न चाहन्छ। तीन खेलको श्रृङ्खला १–१ को बराबरिमा रहेको छ भने आज दुबै टिमलाई सिरिज जित्ने अवसर छ। यसअघि भएका खेलमा नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो। अस्ति नेपालले जिम्बाब्वे 'ए' लाई ९ विकेटले हराएको थियो। भने शुक्रवार भएको पहिलो एक दिवसीयमा नेपाल ३ विकेटले पराजित भएको थियो।
आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गत अमेरिकामा हुने एक दिवसीय श्रृङ्खलाको तयारीमा स्वरूप नेपालले जिम्बाब्वे ’ए’ सँग श्रृङ्खला खेलिरहेको हो। एक दिवसीयअघि भएको तीन खेलको टी–२० श्रृङ्खला १–१ को बराबरीमा सकिएको थियो।