धादिङ । नेकपा एमालेबाट ज्वालामूखी गाउँपालिका वडा नम्बर-३ का अध्यक्ष पदका उम्मदेवार रुद्रमान श्रेष्ठ घरदैलो कार्यक्रममा व्यस्त छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा ७८६ मत ल्याई वडाध्यक्षमा विजयी भएका श्रेष्ठको यसपटक पनि बलियो दाबेदारी रहेको छ । ०७४ को स्थानीय तहको निर्वाचनमा ज्वालामूखी-३ का कांग्रेसका उम्मेदवार पुष्कर तामाङले ६०७ र माओवादी केन्द्रका उम्मेदवार उमेश श्रेष्ठले ४०० मत ल्याएका थिए ।
आफ्नो उम्मेदवारीले वडामा बुद्धिजीवीदेखि युवा मतदाता समेत उत्साहित भएको उनले बताए । निडर र हकी स्वभावका श्रेष्ठ भन्छन्, ‘वडामा घरदैलो अभियान गरिरहँदा मेरो उम्मेदवारीको पक्षमा सकारात्मक माहोल देखिएको छ । मैले फेरी पनि जित्छु भन्ने दृढ विश्वास वडावासीले दिलाउनु भएको छ ।’
वि.सं. २०३४ साल मंसिर १३ गते पिता धनलाल श्रेष्ठ र र मात्रा चेत कुमारी श्रेष्ठको माइलो सन्तानको रूपमा साविकको मैदी गाविस वडा नम्बर ३ मा जन्मिएका श्रेष्ठले अमरावती मा.वि.बाट प्राथमिक तहकको शिक्षा लिएका हुन् भने शमिभन्ज्याङ उ.मा.वि.बाट एसएलसी पास गरेका हुन् । विदयार्थी जीवनकालदेखि नै अनेरास्ववियुमार्फत राजनीतिक यात्रामा होमिएका श्रेष्ठ युवासंघ नेपालको केन्द्रीय कमिटी सदस्य हुन् ।
अघिल्लो कार्यकाल केकस्तो रह्यो ?
नेपालको संविधान, २०७२ ले नेपालमा संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न लिएको लक्ष्य र संघीय सरकारको 'समृद्ध नेपाल र सुखी नेपाली' बनौअने दीर्घकालीन उद्देश्यतर्फ वडा उन्मुख भएको श्रेष्ठको दाबी छ ! उनले आफू निर्वाचित भएको ६ महिनापछी मात्रै स्थानीय सरकार सन्चालन ऐन, २०७४ प्राप्त भएको हुँदा बुझ्न र बुझाउन समयको लागि बताए ! सोही कारणले ऐनअनुसार कार्यविधिहरू बनाउने विधि र प्रक्रियामा सुरुको वर्ष थोरबहुत अलमल देखिएको उनले स्वीकारे ! यद्यपि जनताको अपेक्षाअनुरुप नै विद्यामान चुनौतीहरूलाई चिर्दै आफूले सकारात्मक कामहरू गरेको उनी बताउँछन् !
कार्यलय पूर्वाधार निर्माण र व्यवस्थापन, विद्यमान खानेपानीको समस्याको निवारण, कच्ची सडकहरूको स्तरोन्नति, दक्ष प्राविधिकहरूलाई परिचालन गर्नु, भूकम्पपश्चात् पुनर्निर्माणको कामले गति लिनु, खोलानालामा रहेका काठे पुलहरू विस्थापन गरिनु, बिजुलीका फलामे पुलहरू जडान गरिनु एवं सडक लाइटको व्यवस्था गरिनु, किरियापुत्री भवनहरू निर्माण गरिनु, विश्वव्यापी महामारी कोरोनालाई पराजित गर्न हरेक किसिमका प्रयासहरू थालिनु जस्ता कामहरू सम्पन्न भइसकेको श्रेष्ठले बताए ! कोरोना महामारीको भयावहताबीच वडामा पहिलोपटक RDT परीक्षणबाट एक स्थानीयलाई कोरोना प्रमाणित भएपछि श्रेष्ठ आफैंले बिरामीलाई मोटरसाइकल राखी धादिङ पुर्याएका थिए !
यसैगरी, उनको पछिल्लो कार्यकालमा पुरातत्व विभागसँगको सहकार्यमा एतिहासिक महत्त्व बोकेको खड्कदेवी मन्दिर (मैदीकोट) पुनर्निमाण सम्पन्न भएको,सबै गाउँठाउँमा प्रतिक्षालय निर्माण भएको, विभिन्न खानेपानी योजना (उखुबारी वृहत खानेपानी योजना, तीनपाटे खानेपानी योजना, रानागाउँ खानेपानी योजना, मैदीकोट डीप बोरिङ, ग्याल्मा-मुडे खानेपानी योजना)हरू सन्चालनमा आइसकेको पाइन्छ ।
पछिल्लो ५ वर्षमा सडकमा बत्ति लगाउने काम, साना सिचाई योजनाहरू निर्माण, शान्ति नेपालको सहकार्यमा भट्टगाउँ नमूना सफा टोल निर्माणका साथसाथै व्यवसायीक कृषितर्फ युवाहरूलाई प्रोत्साहन गरिएको उनले बताए । महिलाहरूलाई घरेलु व्यवसायमा लगानी बढाउनका घरेलु उद्योगको तालिम दिने एवं आर्थिक रूपमा आत्मनिर्भर गराउने कामहरू भएको उनको दाबी छ ।
उम्मेदवारी किन ?
पूर्वाधार विकास, समाजिक विकास, आर्थिक विकास, वातावरण तथा फोहरमैला व्यवस्थापन एवं संस्थागत सुशासनको सुधारमार्फत मानवीय सूचाकांकमा स्तरोन्नति गर्दै दिगो, फराकिलो, समावेशी सम्न्यायीक विकास हासिल गर्न आफ्नो उम्मेद्वारी रहेको श्रेष्ठ बताउँछन् ! जीवनको ऊर्जाशील उमेरमा वडाध्यक्ष पदको संघारमा रहेका श्रेष्ठ जीवन्त ज्वालामुखी-३ को परिकल्पना गरिरहेका छन् । आफ्ना प्रतिबद्धता र घोषणापत्रसहित घरदैलो कार्यक्रम गरिरहेका श्रेष्ठले विधिको साशन, पारदर्शिता, जवाफदेहिता र उत्तरदायी वडाध्यक्षको परिकल्पनाभित्र वडाको भूउपयोग नीति, सहरी विकास प्राधिकरणको मापदण्डका आधारमा भौतिक संरचना तथा विकास निर्माणदेखि खेतीयोग्य जमिनको उचित संरक्षणतर्फ आफ्नो उल्लेखनीय भूमिका रहने बताए । स्थानीय सरकारको प्रत्याभूति हुने वडा नम्बर ३ परिसर बनाई 'समृद्ध वडा समृद्ध वडावासी'को आधरशीला तयार पार्ने काममा आफू अहोरात्र खटिने उनले बताएका छन् !
कृषि उपजलाई प्राथमिकरण गरि ज्वालामूखी-३ लाई पर्यटनसँग जोड्ने उनको योजना छ । स्थानीय मौलिक धार्मिक तथा सांस्कृतिक धरोहर, मन्दिर, जात्रा, पर्व, भाषा, साहित्य, कला, संस्कृतिको विकास, सम्बर्धन र संरक्षणतर्फ आफू हरहमेशा लागिरहने दाबी उनले प्रतिबद्द्धता व्यक्त गरेका छन् ।
उद्देश्यहरू :
विधिको शासन
असल शासन, पारदर्शी शासन
वडावासीको नारा पानीसहितको धारा
लैंगिक समानता, न्यायपूर्ण समावेशी र प्रजातान्त्रिक संस्कारको विकास गर्ने
दिगो विकास र सुधारिएको सडक यातायात
वडाको मौलिक विशेषता र पहिचान प्रवर्द्धन गर्ने
आत्मनिर्भर अर्थतन्त्र र न्यायपूर्ण आर्थिक विकास
शिक्षित र सीपयुक्त दक्ष जनशक्ति वृद्धि
सामाजिक सुरक्षा र दिगो शान्ति विकास
वातावरणमैत्री स्वच्छ र सुन्दर वडा निर्माण
पर्यटन पूर्वाधार निर्माण र प्रवर्द्धन सहित रोजगारीमा वृद्धि
सम्वृद्ध वडाका लागि युवा क्रियाशीलता र सहभागिता
वडाका जनप्रतिनिधिहरूको अनुभव र क्षमतामा परिपक्कता बढ्ने
प्रस्तुत छ, उनका ५ वर्षीय प्रतिबद्द्धताहरू :
'पारदर्शी प्रशासन, दिगो विकास र न्यायपूर्ण आर्थिक समृद्धि' सहितको वातवरणमैत्री सुन्दर वडा निर्माण गर्ने
सांगठनिक संचरना, भौतिक पूर्वाधार कार्यक्षमता सहितको जनशक्ति, मुस्कान सहितको सुशासन जनताले प्रत्याभूत गर्न पाउने
बेरोजगारी अन्त्यका लागि आयआर्जनका नयाँ क्षेत्रको खोज अनुसन्धान र पहिचान गरी त्यसको प्रवद्र्धन गर्ने
आर्थिक पारदर्शिता कायम राख्दै भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने
कृषि :
निःशुल्क उन्नत बीउबिजन वितरणको व्यवस्था गरिने
अर्गानिक खेतीलाई प्रोत्साहन गर्ने
कृषि बाली बिमाको व्यवस्था गरिने
माटो परिक्षणको आधारमा कृषि पकेट क्षेत्रको घोषण गरी कृषिलाई अगाडि बढाइने
कफि खेती, तरकारी खेती, फलफुल खेती र पशुपालनलाई व्यावसायिक रूपमा अगाडि बढाउने नीति लिईने
कृषि उत्पादन क्षेत्रको आधारमा कृषि सडक निर्माणमा जोड दिइने
साना र लिफ्ट सिंचाई कुलोको व्यवस्था गरी उत्पादनमा जोड दिइने
थोपा सिँचाइमा अनुदान व्यवस्था मिलाइ वर्षे पानी संकलन गर्न पहल गरिने
दुग्ध संकलन केन्द्र स्थापना गरी ढुवानीमा लाग्ने खर्चको ५० प्रतिशत अनुदान दिइने
होम स्टेको लागि आवश्यक पुर्वाधार निमार्ण गरी पर्यटन प्रवद्र्धनमा जोड दिइने
फलफुल तथा तरकारी व्यवसायीक रूपमा उत्पादन गर्न प्रोत्साहन गरी बजार व्यवस्थापन गरिने
सडक तथा पूर्वाधार
निर्माणाधीन खानेपानी योजनाहरू छिटोभन्दा छिटो सम्पन्न गरि 'एक घर, एक धारा' नीति अवलम्बन गर्ने
मापदण्डयुक्त सडक, व्यवस्थित यातायात प्रणाली लागू गरि वडा जोड्ने मुख्य सडकहरूलाई कालोपत्रे गर्ने, शाखा सडकहरूको स्तरोन्नति गर्ने
वातावरण र विकासबीचा अन्तरनिहित सम्बन्ध राख्दै वातवरणमैत्री विकासका गुरुयोजनाहरू अवलम्बन गर्ने
शिक्षा :
सामुदायिक विद्यालयहरूको भौतिक ताहा शैक्षिक सुधार मापदण्ड र नीति जारी गरिने, विद्यालयहरूको अवस्था र शैक्षिक गतिविधिको मूल्यांकन र अनुगमन प्रभावकारी बनाउने कार्यक्रमहरू लागू गर्ने
विद्यालय स्तरमा शान्ति, मानवअधिकार, अहिंसा, संस्कृति जस्ता थप कक्षाहरू सञ्चालन गरिने
आर्थिक रूपले कमजोर परिवारले बिचैमा विद्यालय छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक छात्रवृत्तिका विभिन्न योजना ल्याउने । विपन्न वर्गका बालबालिकाहरूलाई आवश्यकता अनुसार पाठ्यपुस्तक, पाठ्यसामग्री वडास्तरबाट सहयोग गरिने ।
वडाका विद्यालयहरूमा पुस्ताकालय व्यवस्था गर्ने, भएकामा पुस्तकहरू थप्ने, नभएकामा बनाउनेतर्फ अग्रसर हुने
विद्यालय छोड्ने दर शुन्यमा झार्ने
बुढीगण्डकी क्याम्पसको स्तरोन्नती गर्ने
स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने
विद्युत, विज्ञान प्रविधि र अनुसन्धान
महत्वपूर्ण सार्वजनिक स्थलहरूमा (सडक, पार्क, बजार, खेलमैदान, विद्यालयमा) मा सोलार वत्ति जडान गरी २४ घण्टै उज्यालोको व्यवस्था गरिने
वडालाई इन्टरनेट सेवासँग जोड्ने, वडाका मुख्य चोक/बजारहरूलाई फ्री वाई फाई जोन (Free Wifi Zone) बनाउने
विद्युत् आपुर्तीलाई नियमीत गराउन आवश्यकताअनुसार स्तरीकरण गरिने
स्वास्थ्य:
गाउँको स्वास्थ्य चौकीको स्तर उन्नति गर्ने र आधुनिक मेसिनको जडान गरी, गाउँवासीलाई सबै खाले स्वास्थ्य सुविधाका लागि गाउँमा नै आत्मनिर्भर गराउने ।जनतालाई घरदैलोमै घुम्ती स्वास्थ्य सेवा प्रदान गर्न 'जनता स्वास्थ्य परिक्षण कार्यक्रम'को योजना बानिया कार्यन्वयन गरिने
आमा र बच्चाको पोषण सुनिश्चित गर्दै मातृ मृत्युदर तथा शिशु मृत्युदर घटाउन पोषण कार्यक्रमहरू लागू गरिने
सरकारद्वारा सबै स्वास्थ्य संस्थाहरूमार्फत उपलब्ध गराइने नि:शूल्क औषधिहरूको निरन्तर अनुगमन गरि स्वास्थ्य सेवालाई प्रभावकारी बनाइने
समुदाय स्तरमा सचेतनाका लागि प्रभावकारी ढङ्गबाट महिला स्वास्थ्य स्वयंसेविकाहरू लाई परिचालन गर्ने ।
एम्बुलेन्स सेवा थप व्यवस्थित गरिने
भट्ट गाउँलाई नमुना सफा टोल बनाइए सरह वडाका हरेक टोललाई नमुना सफा टोल बनाउने
९० वर्ष माथिका अस्वस्थ नागरिकहरुलाई नियमित निशुल्क औषधिको व्यवस्था गर्ने
कला, साहित्य र खेलकुद:
फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, ब्याडमिन्टन लगायत विविध खेललाई प्रोत्साहन गर्न वडास्तरीय खेलकुद संघ स्थापना गरि खेल क्षेत्रको विकास गर्न कार्यविधि बनाइने
ज्वालामुखी वडा नं ३ को कला, संस्कृति, भाषा, र साहित्य प्रवद्र्धनका लागि वार्षिक बजेट छुट्याइने, वडा भित्र रहेका सबै जनजाती तथा भाषाभाषीको सांस्कृतिक पहिचान झल्कने गरि संग्रालय बनाउनतर्फ अग्रसर हुने
अन्य:
महिलाहरूमार्फत प्रवर्द्धन हुने गरि मागमा आधारित र स्वरोजगारको लागि पूँजी, सीप र उद्धमशीलता तालिमको सुनिश्चितता गरिने नीति लिइने
बाल तथा अपाङ्गतामैत्री संरचनाहरू निर्माण गर्न जोड दिइने
बालश्रम, बालविवाह लगायत सबै किसिमका सामाजिक कुरीति र अन्धविश्वास हटाउन तथा महिलाहिँसा विरुद्धको सचेतनामूलक कार्यक्रमहरू सन्चालन गरिने