डर्टमुन्ड शीर्षस्थानमा उक्लियो

काठमाडौँ - महत्वपूर्ण जित निकाल्दै बोरुसिया डर्टमुन्ड जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लन सफल भएको छ। घरेलु मैदानमा डर्टमुन्डले साल्केलाई १-० ले पराजित गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो।

घरेलु मैदानमा डर्टमुन्डको जितमा युसोउफा मौकाकोले निर्धारित समयको खेल सकिन ११ मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक बन्यो।

यस जितसँगै डर्टमुन्ड ७ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। डर्टमुन्डले १ खेल कम खेलेको युनियन बर्लिन र फ्रेइवर्गलाई पछि पारेको हो। पराजित साल्के ६ अंक जोडेर १४औं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×