बावुमाले चोटको कारण इंग्ल्याण्ड भ्रमण गुमाउने

काठमाडौँ - दक्षिण अफ्रिकाका एकदिवसीय तथा टी-२० टोलीका कप्तान टेम्बा बावुमाले इंग्ल्याण्डको भ्रमण गुमाउने भएका छन्।

३२ वर्षीय बावुमालाई भारतसँगको चौथो टी-२० खेलमा बायाँ हातमा चोट लागेको थियो। उनी पूर्ण फिट हुन कम्तीमा पनि आठ हप्ता लाग्ने बताइएको छ।

बावुमाको अनुपस्थितिमा स्पिनर केशव महाराजले एकदिवसीय तथा ब्याटर डेविड मिलरले टी-२० टोलीको कप्तानी सम्हाल्ने भएका छन्। दक्षिण अफ्रिकाले १९ जुलाईदेखि १२ सेप्टेम्बरसम्म इंग्ल्याण्ड भ्रमण गर्नेछ। दक्षिण अफ्रीकाले घरेलु टोलीविरुद्ध समान ३ खेलको एकदिवसीय, टी-२० र टेस्ट सिरिज खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×