चितवन। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन्। पार्टीको १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलवार चितवनको सौराहामा भएको निर्वाचनमा ओलीले फराकिलो जीत हात पारेका हुन्।
एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार खसेको २ हजार ९६ मतमध्ये ओलीले १९०० मत र भीम रावलले १९६ मत प्राप्त गरेका छन्। आज (मंगलबार) विहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो। जहाँ २ हजार १५३ मतदातामध्ये २ हजार १९६ मत खसेको थियो।
यससँगै ओलीले दोस्रो कार्यकाल पनि अध्यक्षका रूपमा एमालेको नेतृत्व गर्ने पक्का भएको छ।