जातीय विभेद तथा शरीर बन्धक मुद्दामा दम्पतीलाई जेल सजाय

काठमाडौँ - दलित समुदायकी बालिका माथि जातीय विभेद गरेको तथा शरीर बन्धक बनाउने दम्पतीलाई जिल्ला अदालत रामेछापले जेल सजायको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले शुक्रवार जातीय विभेद तथा शरीर बन्धक बनाएको मुद्दामा दोषी ठहर गर्दै जरिवाना र कैद सजाय सुनाएको हो।

जिल्ला अदालत रामेछापले शरीर बन्धक र जातीय विभेद मुद्दामा मन्थली नगरपालिका ६ भलुवाजोरका ६३ वर्षीय शेर बहादुर नगरकोटी र उनीकी धर्मपत्नी बाल कुमारी श्रेष्ठलाई नगद जरिवानासँगै कैद सजाय फैसला भएको जिल्ला अदालत रामेछापका श्रेतेदार राम प्रसाद पौडेलले बताए।

२०७८ माघमा घरमा नभएको मौका पारेर छिमेकी १२ वर्षीया नेपाली थर भएकी दलित बालिका श्रेष्ठको घरमा पसी २ डाडु दही चोरेर खाएको अभियोगमा श्रेष्ठले वालिकालाई नियन्त्रणमा लिएको थिए। नियन्त्रणमा लिएर श्रेष्ठले आफ्नै घरको थाममा १९ घण्टासम्म दाम्लोले बाँधेर यातना दिएका थिए। दही चोरी भएको घटनाभन्दा पनि दलित बालिका घरभित्र पसेको अभियोगमा उनले घर जिम्मा नलिई बालिकालाई नफुकाउने अडान लिएर बसेका थिए। 
नेपाल समाचारपत्र दैनिकबाट

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×