काठमाडौँ। काठमाडौँको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको छैठौँ तलामा रहेको ‘फिटनेश एण्ड स्पा सेन्टर’मा आज आगलागी भएको छ। आगलागीबाट रु तीन करोड ५० लाखभन्दा बढीको क्षति भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीअनुसार इन्भटरबाट विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी आएको र आगो नियन्त्रणमा आइसकेको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन। आगो निभाउन काठमाडौँ, ललितपुर र भक्तपुरका पाँच दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ।