काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको कोशिपारीस्थित नाग्रे गगर्चेको सामुदायक विद्यालयहरुको विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिएको छ ।
समाजसेवी तथा युवा नेता टेक राज मोक्तान तामाङले विद्यार्थीहरुका लागि जाडो समयमा उपयुक्त हुने ज्याकेट वितरण गरेका हुन् ।
काभ्रेको विपद् एवं विभिन्न समाजिक कार्यमा सक्रिय हुँदै आएका मोक्तानले उक्त समुदायका विद्यार्थी लगाएत सहभागी अभिभावक स्थानीयलाई न्यानो ज्याकेट, कोभिडको सुरक्षा लागि मास्क , सेनिट्रजर लगमयत स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
शनिबार चौरी देउराली गाउँपालिका वडा न २ स्थित श्री महाकाली प्रा. वि., श्री चौरी खोला प्रा. वि. र श्री बाल टासी आधारभुत विद्यालय बाजखेत नाग्रेमा अध्ययनरत ९५ जना विद्यार्थीहरु र स्थानीयलाई कोरोना सुरक्षा सामाग्री र जाडोको न्यानो कपडा ज्याकेट वितरण गरिएको थियो ।
उक्त विद्यालयमा जनजाति समुदायका विद्यार्थीहरुको बाहुल्यता रहेको छ । काभ्रे जिल्लामा आआफ्नो भाषा तथा संस्कृतिको जगेर्ना गर्ने शिक्षा दिनु पर्ने कार्यमा समाजसेवी मोक्तानले सहयोग गर्दै आएका छन् । यस अभियानलाई सफल बनाउन सहयो गर्नुहुने सुनिता मोक्तान , कर्म लामा , बिश्वासी पाख्रीन लामा,सागर मोक्तान लामा, छिरिङ डोल्मा रुम्बा र अनिता मोक्तानलाई समाजसेवी मोक्तानले धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रममा नेकपा एमाले चौरी देउराली गाउँपालिका कमिटिको सचिव बलराम ढुङ्गाना , विद्यालायको संस्थापक बुद्धिमान मोक्तान , अभिभावक रोज दोर्जे लामा, सम्भु लामा , मानध्वाज लामा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम प्रत्येक स्कुल स्कुलमा पुगेर शुभकामना सहित प्राथमिक शिक्षाबाट नै आधुनिक र व्यवहारिक ज्ञानबाट समुदाय विद्यालाय शिक्षण प्रणाली लागु गर्नु पर्नेमा समाज सेवी मोक्तानको जोड दिदैं कुनै पनि स्कुल वा समुदायको हरेक घटना , प्राकृतिक विपद, विश्व महामारी र अन्य समस्याहरुमा देखा परि रहने स्थानीयको समस्याहरुलाई आफुले सकेसम्म सहकार्य गर्ने बताए ।
कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ, शिक्षक र स्थानीय अभिभावकको सहभागीता रहेको थियो ।
