काठमाडौँ – ‘इन्दिरा गान्धी प्रियदर्शिनी लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट प्रमिला आचार्य रिजाल सम्मानित भएकी छिन्। उनी एसियाली महिला विकास मञ्चकी अध्यक्ष रहेकी छिन्। राष्ट्रिय र क्षेत्रीय संस्थाहरुमार्फत महिला उद्यमशीलता विकासमा उनले गरेको योगदानको कदर गर्दै उनलाई यस अवार्डबाट सम्मानित गरिएको हो।
हालै नयाँदिल्लीमा आयोजित एक कार्यक्रमका बीच उनलाई उक्त पुरस्कार प्रदान गरिएको थियो। उनलाई भारतका लघु, साना तथा मझौला उद्योग मन्त्री नारायण तातुराणका हातबाट उनलाई पुरस्कार प्रदान गरिएको थियो। उनले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवा श्री पदकसमेत प्राप्त गरेकी थिइन्।
सन् १८८५मा स्थापित यस प्रियदर्शिनी अवार्ड भारत तथा सार्क राष्ट्रका महिला उद्यमशीलता प्रवर्द्धनमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई प्रदान गर्ने गरिन्छ।