‘नेपाली चलचित्र स्मृति सम्मान २०७९’ बाट सम्मानित हुने चलचित्रकर्मीहरुको नाम घोषणा

काठमाडौँ - ११ जना फिल्मकर्मीलाई नेपाली चलचित्रकर्मी स्मृति सम्मान २०७९ प्रदान गरिने भएको छ। बिहीबार आयोजित कार्यक्रममा चलचित्रकर्मी स्मृति सम्मान कोषले सम्मानित हुने व्यक्तिको नाम घोषणा गरेको हो।

भुपेन्द्र विष्णु श्रेष्ठ प्रकाश थापा स्मृति निर्देशक सम्मान २०७९ बाट निर्देशक ज्ञानेन्द्र देउजालाई सम्मान प्रदान गरिने भएको छ। द्वारिकाप्रसाद उदय शिवशंकर मानन्धर अभिनेता सम्मान २०७९ बाट अभिनेता शिव श्रेष्ठलाई सम्मान गरिने भएको छ।

गुण समूह शान्ति मास्के स्मृति अभिनेत्री सम्मान २०७९ बाट अभिनेत्री गौरी मल्ललाई सम्मान दिइने भएको छ। भुवनेश्वर अमात्य नारायण गोपाल स्मृति संगीत सम्मान २०७९ बाट गायिका देविका बन्दना सम्मानित हुने भएकी छिन्।

हरिबहादुर हीरादेवी श्रेष्ठ डायमण्ड शमशेर स्मृति लेखन सम्मान लेखक मौनता श्रेष्ठलाई दिइने भएको छ। शेरबहादुर पोखरेल श्री विक्रम राणा स्मृति पत्रकारिता सम्मान पत्रकार बिदुर गिरीलाई प्रदान गरिने भएको छ।

क्वेष्ट इन्टरटेन्मेन्ट मधुकर बस्नेत स्मृति प्राविधिक सम्मानबाट सम्पादक नरेन्द्र खड्का, मैयादेवी प्रधान गोपाल भुटानी स्मृति द्वन्द्व कलाकार सम्मानबाट द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, हरिप्रसाद द्वा भगवान दास श्रेष्ठ स्मृति निर्माता सम्मानबाट निर्माता छविराज ओझालाई सम्मान गरिने भएको छ।

नन्दबहादुर महर्जन वीरेन्द्र पाण्डे स्मृति प्रदर्शक सम्मानबाट प्रदर्शक तीर्थ प्रधान, राजवीर कायस्थ वैकुण्ठ मास्के स्मृति छायांकार सम्मानबाट छायांकार मञ्जु श्रेष्ठलाई सम्मान गरिने भएको छ।

आगामी भदौ १९ गते हुने समारोहमा सम्मान प्रदान गरिने जनाइएको छ। पुरस्कृत व्यक्तित्वहरुलाई सम्मानपत्र, नगद १५ हजार ५५५ रुपैयाँ र दोसल्लाले सम्मान गरिने भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×