कांग्रेसभित्र वृहत् एकता निर्माण गर्न देउवासँग गएको हुँ- प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफू कांग्रेसभित्र वृहत् एकता निर्माण गर्न देउवासँग गएको बताएका छन् । उनले पहिलो पुस्ताका शेरबहादुर र प्रश्न गर्ने प्रदीप पौडेलको टिम बनेमा कांग्रेसले दुवै पुस्तालाई सम्बोधन गर्न सक्ने कारण देउवाको टिमबाट चुनाव लडेको दाबी गरेका छन् ।

आज आफ्ना मतदातालाई धन्यवाद ज्ञापन गर्न आयोजना गरिएको चियापान कार्यक्रममा बोल्दै उनले कांग्रेसभित्र वृहत एकता निर्माणका लागी देउवासँग गएको बताएका हुन् । उनले भने, " म कांग्रेसभित्र बृहत् एकता निर्माण गर्न देउवासँग गएको हुँ ।  पहिलो पुस्ताको शेरवहादुर र प्रश्न गर्ने प्रदीप पौडेलको टिम बन्यो भने त्यसले कांग्रेसको दुवै पुस्तालाई संवोधन गर्न सकिन्छ भनेर म देउवाको टिमबाट चुनाव लडेको हुँ ।"

उनले कृष्णप्रसाद सिटौला आफैँ उमेद्वार बन्न सक्नेमा युवालाई अघि बढाउनु पर्छ भनि आफुलाई उमेदवार बनाएको बताए । उनले भने, "पहिलो पुस्ताका नेता शेरबहादुर देउवाले  मलाई टिममा उमेदवार बनाउनु भयो । त्यसका लागि धन्यवाद छ । कृष्णप्रसाद सिटौला आफैं उमेदवार बन्न सक्नुहुन्थ्यो तर युवा अघि बढाउनुपर्छ भनेर मलाई बनाउनुभयो ।"

उनले आफू चुनाब हारेकोमा निराश नभएको बरु अझ शक्तिशाली महसूस गरिरहेको बताउँदै भने, " म निराश छैन । म १४ औँ महाधिवेशनमा महामन्त्री लडेको भनेर भोलिदेखि भन्ने छैन । तपाईँहरू अघि बढ्नुस् पार्टी निर्माणमा साथसाथ हिड्ने छु । कांग्रेसलाई ठूलो पार्टी होइन बहुमत प्राप्त दल बनाउनु छ । म काँधमा काँध मिलाएर हिड्न तयार छु ।"

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेता पौडेल महामन्त्रीमा पराजीत भएका थिए । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×