बाँके । एक सामुदायिक वनका पदाधिकारी नै अवैध रुख कटान र तस्करीमा संलग्न रहेको खुलासा भएको छ ।
सो सामुदायिक वनका दुई जना जिम्मेवार व्यक्तिलाई अवैध रूपमा काठ कटान गरिरहेकै अवस्थामा काठसहित पक्राउ गरेपछि सो खुलासा भएको हो।
डुडुवा गाउँपालिका वडा नम्बर ४ र ५ मा रहेको भनपुर्वा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बिट्टी कुर्मीका छोरा दिनेशकुमार कुर्मी र समितिका सचिव सलामुद्दीन साईलाई अवैध रुख काट्दै गर्दा इलाका डिभिजन वन कार्यालय राँझाले पक्राउ गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।