काठमाडौँ - स्ट्राइकर एर्लिग हालान्डको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार राति ब्राइटनलाई ३-१ अन्तरले पराजित गरेको छ।
घरेलु मैदान इतिहाद रंगशालामा हालान्डले २ गोल गरेका थिए। केभिन डि ब्रुयनाले अर्को गोल थपेका थिए। ब्राइटनका ट्रोसार्डले १ गोल गरेका थिए। खेलको २२ औं मिनेटमा हालान्डले पहिलो गोल गरे। ४३ औं मिनेटमा हालान्डले पेनाल्टीमा दोस्रो गोल थपे।
२ गोलसंगै हालान्डले प्रिमियर लिगका ११ खेलमा १७ गोल गरिसकेका छन्।
ट्रोसार्डले गोल गर्दा खेलमा २-१ को स्थितिमा पुग्यो। ७५औं मिनेटमा केभिन गोल गर्दै ३-१ को जित दिलाए। जितसंगै सिटि ११ खेलबाट २६ अंक जोडेर दोश्रो स्थानमा रहेको छ।