अमेरिकामा कोरोना सङ्क्रमण फेरि बढ्न थाल्दा सतर्कता बढाइयो

काठमाडौँ - अमेरिकामा कोरोना सङ्क्रमणले फेरि एक पटक चिन्ता बढाएको छ। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले अमेरिकामा कोरोना सङ्क्रमितका बिमारी अस्पताल भर्ना हुनेको क्रम बढिरहेको जनाएको छ। तथ्याङ्क अनुसार अस्पताल भर्ना हुनेको सङ्ख्या १० प्रतिशतले बढेको छ। जुन सन् २०२२ को डिसेम्बर यताकै तीव्र वृद्धि हो। 

जुलाईको दोस्रो हप्तामा ७ हजार १ सयभन्दा बढी कोभिड बिरामी अस्पतालमा भर्ना भएको तथ्याङ्कले देखाएको छ। गत हप्ता यो सङ्ख्या ६ हजार ४४४ थियो। जबकि कोभिड सम्बन्धी आकस्मिक कक्षमा बिरामीको सङ्ख्या पनि बढिरहेको छ।

जुलाई २१ सम्म करिब ०.७३ प्रतिशत कोरोनाका कारण अस्पताल आएका थिए जबकि एक महिना अघि यो सङ्ख्या ०.४९ प्रतिशत थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×